भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक « Khabarhub

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई  नेपालमा सार्वजनिक प्रदर्शन अनुमति नदिन केन्द्रीय चलचित्र जाँच समितिलाई निर्देशन दिएको छ।

मन्त्रालयले चलचित्र जाँच तथा प्रदर्शनसम्बन्धी कानुनविपरीत निर्माण भएको भन्दै उक्त चलचित्रलाई सार्वजनिक प्रदर्शन अनुमति नदिन नेशनल सिने ग्रुप नेपाल प्रालिलाई पत्राचार गरेको हो।

मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले २०८३ असार ३० गते पठाएको पत्रमा चलचित्र जाँच समितिबाट असार २९ गते जाँच गरिएको ‘उड्ता तीर’ चलचित्रको निर्माण, प्रदर्शन तथा वितरण चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ६(३) ले निषेध गरेको विषयवस्तुमा आधारित रहेको उल्लेख छ।

उक्त कानुनी व्यवस्थाअनुसार चलचित्र निर्माण भएको पाइएकाले सोही दफाबमोजिम सार्वजनिक प्रदर्शन अनुमति नदिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका शाखा अधिकृत विशाल भण्डारीले हस्ताक्षर गरेको पत्रमा उक्त निर्णयबारे सम्बन्धित कम्पनीलाई जानकारी गराउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १२ : ०२ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज