सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म « Khabarhub

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ। प्रदर्शनको ३८ दिनमा फिल्मले १० करोड १७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममध्ये दोस्रो स्थान हासिल गरेको हो।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस विवरणअनुसार फिल्मले हालसम्म १० करोड १७ लाख ७३ हजार ८२८ रुपैयाँ ग्रस कमाइ गरेको छ। उक्त अवधिमा फिल्मका तीन लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन्।

प्रदर्शनको सुरुवाती दिनमा अपेक्षाकृत सुस्त व्यापार गरेको ‘पेन्सन पट्टा’ले पछिल्लो समय दर्शकको साथ पाउँदै कमाइमा गति लिएको हो। प्रारम्भिक व्यापारबाट ठूलो उत्साह नदेखिएको फिल्मले प्रदर्शन लम्बिँदै जाँदा बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ।

माओत्से गुरुङको निर्देशनमा बनेको फिल्मले लाहुरे जीवन, पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखेको छ। लाहुरे परिवारको जीवनशैलीले पारिवारिक सम्बन्धमा पार्ने प्रभावलाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारले अभिनय गरेका छन्।

यस फिल्मको अर्को विशेष पक्ष दिवंगत अभिनेता सुनील थापाको अभिनय पनि हो। नेपाली फिल्म क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका थापालाई ‘पेन्सन पट्टा’मा पर्दामा देख्न सकिन्छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  १ : ४९ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा