ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा « Khabarhub

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनाएको थियो । नेपालका लागि देव खनालले ५७, रोहित पौडेलले ८० र दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले १ सय २० बलमा १ सय ३९ रनको विशाल साझेदारी गरेका थिए । ओमानका लागि शाह फेसलले ५ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए । उनीहरुले दोस्रो विकेटका लागि १ सय ७४ बलमा १ सय ५८ रनको बलियो साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

तर, १ सय ९० रनको स्थितिमा दोस्रो विकेट गुमेपछि नेपाली बलरहरूले लगातार विकेट लिँदै खेलमा शानदार पुनरागमन गरे । ओमानका हस्नैन शाहले २३ बलमा अविजित ४० रन जोड्दै टोलीलाई जिताउने प्रयास गरे पनि अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ४३ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको