किन घटे मुस्ताङ आउने पर्यटक ? « Khabarhub

किन घटे मुस्ताङ आउने पर्यटक ?


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना मात्रै स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । जबकी गतवर्षको साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोज महिनामा ७५ हजार ५९९ जना पर्यटक मुस्ताङ आएका थिए ।

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, असोजको ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गोरवको (बेनी—जोमसोम) सडकमार्ग दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेका हुन् । गत असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आशिंक पयटक मात्रै पोखरा—जोमसोम हवाई मार्ग हुुँदै मुस्ताङ आएका उनले बताए ।

यसअघि भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले (बेनी-जोमसोम) सडकको दर्जनौ स्थानमा सडक क्षतिग्रस्त भएको थियो । कोरला सडक आयोजनाले बेनी-जोमसोम सडक मर्मत सुधार गरी सडक सञ्चालनमा ल्याइएको पनि हाल उक्त सडक अझै पूर्ण रुपमा सहज भइसकेको छैन ।

प्राकृतिक विपत्तिका कारण पर्यटकको संख्यामा सुधार हुन नसकेको मुक्तिनाथ होटल एशोसियनका अध्यक्ष सुरज गुरुङले बताउनुभयो । प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसान जस्तै रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ८ : ५९ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम