पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार हेटौँडा उपमहानगरपालिका–१, सामरीस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज अपराह्न करिब ४ः५० बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले साँझ ५ः१० बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेका बा।प्र।०१–०३२ च ०१४१ नम्बरको पिकअप र बा।४७ प ८४६१ नम्बरको मोटरसाइकल र पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ९ : २५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम