कर्णाली करिडोर उत्तर खण्ड निर्माणका लागि दुई निर्माण व्यवसायी छनोट « Khabarhub

कर्णाली करिडोर उत्तर खण्ड निर्माणका लागि दुई निर्माण व्यवसायी छनोट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमिकोट सडक योजना) अन्तर्गतका दुईवटा ठेक्काको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएको छ।

पूर्वाधार विकास मन्त्रालय, सडक विभागअन्तर्गतको उत्तर–दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय (सिमिकोट, हुम्ला) ले २०८३ कात्तिक १७ गते उक्त सूचना सार्वजनिक गरेको हो।

योजना कार्यालयले २०८३ असार २२ गते सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेब पोर्टलमार्फत प्रकाशित गरेको बोलपत्र आह्वान सूचनाबमोजिम रीतपूर्वक प्राप्त भएका बोलपत्रहरूमध्ये औसत बोलपत्र रकमको सबैभन्दा नजिक मूल्याङ्कित भई लागत अनुमानभन्दा सारभूत रूपमा बढी नभएका र प्रभावग्राही ठहरिएका दुई निर्माण व्यवसायी छनोट भएका हुन्।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ प्रकाशित सूचनाअनुसार ठेक्का नम्बरका लागि धादिङस्थित एम/एस दिव्य ज्योति कन्स्ट्रक्सन प्रालि छनोट भएको छ। उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र पीएससहित ८५ करोड ६२ लाख १६ हजार ६ सय १४ रुपैयाँ १२ पैसा कबोल गरेको छ।

यसैगरी, ठेक्का नम्बरका लागि काठमाडौँको पेप्सीकोला–३२ स्थित एम/एस एसकेसीपीएल/बीएनटी/बागमती ज्वाइन्ट भेन्चर छनोट भएको छ। उक्त जेभीले भ्याट र पीएससहित १ अर्ब ७९ लाख ४२ हजार ६ सय ८७ रुपैयाँ ९० पैसा कबोल गरेको आयोजना प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : १३ बजे

कर्णाली करिडोर उत्तर खण्ड निर्माणका लागि दुई निर्माण व्यवसायी छनोट

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमिकोट

भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही

चितवन – दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत

प्रहरीको ‘ब्राबोसेरा’ अभियान : १७२ थान अवैध बन्दुक बरामद

म्याग्दी – वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने

एपिएफ महिला गोल्डकपको फाइनलमा

सुनसरी – नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै