याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी « Khabarhub

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ ।

रोमन जेम्ल्यान्स्कीले मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टीको रूपमा सुरक्षा प्रविधि, सञ्चालन मापदण्ड र उत्कृष्ट बजार अभ्यासहरूको विस्तार तथा विकासलाई अघि बढाउनेछन् ।

दुबई, याङ्गो ग्रुप, दुबईमा मुख्यालय रहेको एक विश्वव्यापी प्रविधि कम्पनी हो । यसले जोखिम रोकथाम, प्रभावकारी सुरक्षा अभ्यासको विस्तार र विभिन्न यातायात सेवा तथा स्थानीय सडक अवस्थाअनुसार प्रविधिको प्रयोगमा जोड दिँदै मोबिलिटी सेवामा सुरक्षा व्यवस्थालाई एकीकृत गर्दै आएको छ । यसअन्तर्गत अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिका लगायतका क्षेत्रमा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी सेवाहरू समावेश छन् ।

मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी नियुक्त भएका रोमन जेम्ल्यान्स्कीले यससम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्नेछन् । उनले कम्पनीका व्यवसाय, उत्पादन तथा सञ्चालनसम्बन्धी नेतृत्व टोली र सडक सुरक्षा संस्थादेखि स्थानीय निकायसम्मका बाह्य साझेदारहरूसँग मिलेर काम गर्नेछन् ।

उनले मोबिलिटी सेवाका लागि कम्पनीको सुरक्षा रणनीति विकास गर्ने, प्रविधिको प्रयोगका प्राथमिकता निर्धारण गर्ने र विभिन्न बजारमा सुरक्षा मापदण्डलाई थप सुधार तथा प्रभावकारी रूपमा लागू गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।

याङ्गो ग्रुपका सीईओ तथा सीबीओ, याङ्गो राइडटेकका एडेनीयी एडेबायोले भने, ‘हामी आफ्नो मोबिलिटी व्यवसायलाई दीर्घकालीन रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। यसका लागि हाम्रा सेवाहरू प्रयोग गर्ने ग्राहक र हामीसँग मिलेर व्यवसाय गर्ने साझेदारहरूको विश्वास जित्नु आवश्यक छ ।’

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ३७ बजे

सोमपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरिए

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने

‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन,

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको