काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । फागुन २१ गतेको चुनावमा उम्मेदवार बन्ने निश्चित भएपछि गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
२८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री बनेका हुन् । सामाजिक अभियान्ता गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री बनेका थिए ।
विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै उनी जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बनेका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावीका लागि अहिले जनकपुर पुगेका छन् । राजीनामा दिएर चुनावी तयारीमा जुटेको उनको भनाइ छ । सोमबार सार्वजनिक बिदा भएकाले उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
सिराहा स्थायी घर भएका उनले युवाको वृत्तिविकास र खेलकुद क्षेत्रमा केही महत्त्वपूर्ण काम गर्नुभएको छ ।













प्रतिक्रिया