खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा « Khabarhub

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । फागुन २१ गतेको चुनावमा उम्मेदवार बन्ने निश्चित भएपछि गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

२८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री बनेका हुन् । सामाजिक अभियान्ता गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री बनेका थिए ।

विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै उनी जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बनेका थिए ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावीका लागि अहिले जनकपुर पुगेका छन् । राजीनामा दिएर चुनावी तयारीमा जुटेको उनको भनाइ छ । सोमबार सार्वजनिक बिदा भएकाले उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

सिराहा स्थायी घर भएका उनले युवाको वृत्तिविकास र खेलकुद क्षेत्रमा केही महत्त्वपूर्ण काम गर्नुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ५० बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११