काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा शर्माले प्रेमी सार्वजनिक गरेकी छन् ।
गरिमाले दुई तस्बिर सार्वजनिक गरी प्रेमी सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘हामी त्यतिबेला केटाकेटी थियौं । अब हामी केही वास्तविक निर्माण गर्दै छौं ।’
सार्वजनिक एक तस्बिर केही पहिला र एक हालसालै खिचिएको जस्तो देखिन्छ ।
तर, गरिमाले ती युवकको परिचय भने गोप्य राखेकी छन् । युवकलाई चिन्नेहरुले भने कमेन्ट बक्समा मेन्सन गरेर बधाईं दिएका छन् ।
गरिमाले गत साता ‘प्रमिस रिङ’ लिएको खुलाएकी थिइन् । त्यसबेला सार्वजनिक तस्बिरमा ती युवकले हातमा गरिमाको नामको ट्याटु खोपेका थिए ।
उनीहरुको प्रेम सम्बन्ध कलेजदेखिको रहेको बुझिएको छ । उनीहरु पछिल्लो ६–७ वर्षदेखि प्रेममा रहेको गरिमा निकट बताउँछन् ।













प्रतिक्रिया