बालेन आज दमकमै बस्ने « Khabarhub

बालेन आज दमकमै बस्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सोमबार दमकको एक होटलमा बस्ने भएका छन् ।

जनकपुरबाट पहिलोपटक सम्बोधन गर्दै उनी लगत्तै झापा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बालेनको सचिवालय सदस्यका अनुसार उनी सम्भवत विराटनगर विमानस्थलबाट झापा आउन लागेका हुन् । 

राति अबेर परेर समर्थकको भिड लाग्ने भयो भने उनी चन्द्रगढी विमानस्थलबाटै दमक आउन सक्ने सम्भावना रहेको ती नेताको दाबी छ। 

‘समय कस्तो हुन्छ र साथीभाइले माया गरेर जम्मा हुँदा भिडलाई थेग्ने अवस्था हुन्छ हुँदैन त्यसलाई मध्यनजर गर्दै विराटनगर विमानस्थलबाट आउनुहुन्छ होला’ । सचिवालयका ती सदस्यले भने, ‘राति अबेर हुने अवस्था आए र स्थितिलाई नियन्त्रण गर्न नसकिने अवस्थामा मात्रै चन्द्रगढी विमानस्थलबाट उहाँ आउनुहुन्छ ।’

यता झापाका राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव शम्भु सुस्केराका अनुसार शुक्रबार नै बालेन दमक आउने जानकारी झापाका सुरक्षा निकायलाई दिइएको छ। 

‘उहाँ कहाँ बस्नुहुन्छ भन्ने कुरा अहिले हामी सार्वजनिक गर्न सक्दैनौँ। आज उहाँ दमक बस्नुहुन्छ’ सुस्केराले भने, ‘उहाँका लागि सचिवालय र कार्यालयको पनि व्यवस्था भइसकेको छ।’

काठमाडौँ महानगरपालिकाबाट बिदा भएपछि प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट बालेन शाहले उम्मेदवारी दिने तयारी गरेका छन्। 

यो स्थान पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।

यता एमाले नेताहरूका अनुसार पनि अध्यक्ष केपी शर्मा ओली आज नै दमक आउने कार्यक्रम रहेको छ। उनी आफ्नै निजी निवासमा बस्न सक्ने नेताहरूको दाबी छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ३० बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन