काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा उत्रिँदा सयौँ कार्यकर्तालले नेपालको चुच्चे नक्सासहित स्वागत गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि उनी झापा पुग्दा नेपालको चुच्चे नक्सासहित सयौँ एमाले कार्यकर्ताहरूले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका हुन् ।
ओली प्रधानमन्त्री भएका बेला भारतले मिचेका नेपालका तीन भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर २०७७ जेठ ३१ गते प्रतिनिधिसभाले चुच्चे नक्सा पारित गरेको थियो । त्यसलाई ओलीको नेतृत्वमा भएको ऐतिहासिक राष्ट्रवादी कदमका रुपमा मानिन्छ ।
एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले विभिन्न व्यक्ति र पार्टीका नेता-कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। २०४८ देखि निरन्तर उठिरहेका ओली यस पटक पनि झापा ५ मै उम्मेदवारी दिँदैछन् ।
यस निर्वाचन क्षेत्रमा यसपटक राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले ओलीलाई चुनौती दिने भएका छन्। साह पनि सोमबार झापा पुग्दैछन्।



















प्रतिक्रिया