ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत « Khabarhub

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा उत्रिँदा सयौँ कार्यकर्तालले नेपालको चुच्चे नक्सासहित स्वागत गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि उनी झापा पुग्दा नेपालको चुच्चे नक्सासहित सयौँ एमाले कार्यकर्ताहरूले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका हुन् ।

ओली प्रधानमन्त्री भएका बेला भारतले मिचेका नेपालका तीन भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर २०७७ जेठ ३१ गते प्रतिनिधिसभाले चुच्चे नक्सा पारित गरेको थियो । त्यसलाई ओलीको नेतृत्वमा भएको ऐतिहासिक राष्ट्रवादी कदमका रुपमा मानिन्छ ।

एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले विभिन्न व्यक्ति र पार्टीका नेता-कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। २०४८ देखि निरन्तर उठिरहेका ओली यस पटक पनि झापा ५ मै उम्मेदवारी दिँदैछन् ।

यस निर्वाचन क्षेत्रमा यसपटक राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले ओलीलाई चुनौती दिने भएका छन्। साह पनि सोमबार झापा पुग्दैछन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : १७ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११