बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा  « Khabarhub

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी सामुदायिक विद्यालयले विद्यालयको शैक्षिक सुधारसँगै भौगोलिक विकटताको चपेटामा रहेका  गाउँका विद्यार्थीको सहजताको लागि स्कुल बस सञ्चालनमा ल्याउने भएको छ ।

भौगोलिक विकटताको कारण घण्टौँ हिँडेर विद्यालय पुग्ने यहाँका विद्यार्थीलाई विद्यालयमा स्कुल बस चल्ने कुराले उत्साह छाएको छ ।

विद्यालयको आफ्नो ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सुधारको क्षेत्रमा  काम गर्दै आएको कल्स ओवर रिजेज नेपाल नामक संस्थाले स्कुल बस उपलब्ध गराएपछि विद्यार्थीमा खुसी छाएको हो । 

विद्यालय बस हस्तान्तरण कार्यक्रमले स्थानीय अभिभावक समेत खुसी भएका छन् । २०१९ सालमा स्थापना भएको यहाँको विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । हाल २५७ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा अधिकांश विद्यार्थीहरू टाढा गाउँबाट पैदल यात्रा गरेर आउनुपर्ने बाध्यता थियो । 

यही समस्यालाई मध्यनजर गर्दै कल्स ओवर रिजेज नेपाल नामक संस्थाले जिरी नगरपालिकाको समन्वयमा विद्यालयमा बस सञ्चालनमा ल्याउने योजना बनाएर विद्यालय बस हस्तान्तरण गरिएको हो । 

उक्त विद्यालय बस नगरपालिका प्राप्त भएसँगै नगर सहयोगी संस्थाले एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख मित्र जिरेलको उपस्थितिमा विद्यालय बस हस्तान्तरण गरिएको थियो । विद्यालय बस सञ्चालन हुने कुराले स्थानीय ३० वर्षीय पार्वती खत्री निकै खुसी छिन । 

उनका छोरा राजु खत्री केही समय अघि मोटरसाइकलमा विद्यालय जाने क्रममा दुर्घटनामा परेका कारण राम्रोसँग हिँड्न सक्दैनन् ।

उनले भनिन्, ‘छोरालाई स्कुल जान-आउन दैनिक ४ घण्टा लाग्थ्यो, आज स्कुल बस देख्दा म निकै खुसी छु, अब उसलाई सजिलो हुने भयो ।’

त्यस्तै, जिरी (१ राबुकी ४१ वर्षीय रेनुका बुढाथोकीका पीडा पनि कम छैनन् । ५ केजीसम्मको झोला बोकेर उनकी छोरी जङ्गलको बाटो हुँदै २ घण्टा हिँडेर विद्यालय पुग्थिन् । सधैँ जंगली जनावरको डर लागि रहन्थ्यो, अब बस आएपछि हामी सबैलाई ढुक्क भएको छ, उनले सुनाइन् ।

यता विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पा भन्छन् विद्यालय बस सेवाले विद्यालय र विद्यार्थीको दूरी घटाउने र समयको बचत सँगै शैक्षिक सुधारमा टेवा पुग्ने बताए । 

उनका अनुसार लामो बाटो हिँड्नुपर्ने बाध्यताले विद्यार्थीको नतिजामा समेत असर पारिरहेको थियो । नासाको रिपोर्टलाई उद्धृत गर्दै प्रधानाध्यापक शेर्पा भन्छन् १५ मिनेटभन्दा कम हिँड्ने विद्यार्थीको नतिजा लामो दूरीको बाटो हिँड्नेको तुलनामा राम्रो हुन्छ ।

‘बिहान बेलुका हिँड्दैमा थकित हुने विद्यार्थीले कक्षाकोठा र अतिरिक्त क्रियाकलापमा सक्रियता जनाउन सक्दैनथे । अब त्यो समय उनीहरूले पढ्न र खेल्नमा खर्चिन पाउनेछन्’, शेर्पाले भने । 

साथै, एसईई  परीक्षाका बेला विद्यार्थीलाई १० दिनसम्म जिरी बजारमा राख्दा अभिभावकलाई पर्ने आर्थिक भार पनि अब बसको सुविधाले कम गर्ने उनले बताए ।

स्थानीय अभिभावक र विद्यार्थीहरूले स्कुल बस उपलब्ध गराउने सहयोगी संस्था कल्स ओवर रिजेज नेपाल (कोर्न)को शैक्षिक क्षेत्र गरिरहेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिए ।

कोर्नले विभिन्न वर्ग र सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउने काममा सहयोग गर्दै आएको छ । संस्थाले छात्रवृत्ति कार्यक्रम, विद्यालय बस कार्यक्रम र पोषणअन्तर्गत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षा पूरा गर्नका लागि प्रोत्साहन गर्दै आएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ४६ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११