सेन्साईले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता « Khabarhub

सेन्साईले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्साईले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यस अभियानअन्तर्गत भाग्यशाली विजेता सुर्खेत निवासी दिवस खत्री छनोट भएका छन् । उनले कौशल इन्टरप्राइजेज सुर्खेतबाट सेन्साईको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च सेन्साईले नै व्यहोर्ने जानकारी दिएको छ ।

सेन्साईका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि फ्रन्ट लोड वाशिंग मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क लगायतका अन्य धेरै आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ ।

 कम्पनीका अनुसार यो अफर अझै बाँकी छ जसमा सहभागी हुन सेन्साई [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेखेर ३१००३ मा एसएमएस पठाउनु पर्ने छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५५ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६