बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते « Khabarhub

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको लु१च ५५७१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–७ की ४० वर्षीया रेशमाया श्रीस, सोही ठाउँका आठ वर्षीय सरोज श्रीस, निसीखोला गाउँपालिका–६ की १५ वर्षीया मनिषा बुढा मगर, ढोरपाटन नगरपालिका–२ की २८ वर्षीया जुना थापा र चालक चालक ढोरपाटन–७ का २८ वर्षीय सुजन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।

घाइते पाँचै जनालाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक थापाको भनाइ छ । गाडीको ब्रेकफेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ३० बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको