फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने « Khabarhub

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ ।

निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

उक्त स्केच पेन्टिङ पोस्टरमा फिल्मका सबै शीर्ष कलाकारहरु अटाएका छन् ।

पारिवारिक कथामा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहेको छ ।

निर्देशक सिंहले ७ वर्षपछि फिल्ममा कमब्याक गरेका हुन् । उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ४४ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा