तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी « Khabarhub

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ । यसअघि तनहुँ–२ बाट निर्वाचित भएका भण्डारीलाई कांग्रेसले क्षेत्र नम्बर १ मा सारेको हो ।

तनहुँ–१ मा घर भएका भण्डारी लामो समयदेखि त्यही क्षेत्रमा चुनाव लड्न दाबी गर्दै आएका थिए । यसअघि भएको उपचुनावमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भएका गोविन्द भट्टराईलाई कांग्रेसले तनहुँ–२ मा उमेदवार बनाएको छ ।

केन्द्रीय सदस्य भण्डारी कांग्रेसभित्र हिन्दु राष्ट्र अभियान चलाइरहेका व्यक्ति हुन् । लामो समयदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लड्दै आएको तनहुँ–१ मा पौडेल राष्ट्रपति भएपछि कांग्रेसका दोस्रो तहका नेताहरूले प्रतिस्पर्धा गर्न पाएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : २९ बजे

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख