आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

दोस्रो सेमिफाइनल अन्तर्गत आज विदेशी टोली आभा एफसी उज्वेकिस्तान र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न पोखरा रङ्गशालामा हुनेछ ।

आभा एफसी क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडलाई हराएर सेमिफाइनलमा पुगेको हो भने अपी चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै जावलाखेलले सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो ।

यो खेलको विजेताले आयोजक सहारा क्लब पोखरासँग फाइनल खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

बुधबार भएको पहिलो सेमिफाइनलमा ६ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा हराउँदै आयोजक सहारा क्लब उपाधि नजिक पुगेको छ । 

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ७ : २१ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले