आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

दोस्रो सेमिफाइनल अन्तर्गत आज विदेशी टोली आभा एफसी उज्वेकिस्तान र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न पोखरा रङ्गशालामा हुनेछ ।

आभा एफसी क्वार्टरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडलाई हराएर सेमिफाइनलमा पुगेको हो भने अपी चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै जावलाखेलले सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो ।

यो खेलको विजेताले आयोजक सहारा क्लब पोखरासँग फाइनल खेल खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

बुधबार भएको पहिलो सेमिफाइनलमा ६ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा हराउँदै आयोजक सहारा क्लब उपाधि नजिक पुगेको छ । 

प्रतियोगिताको उपाधि विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ७ : २१ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले