सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत « Khabarhub

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध फेरि एकपटक मिडियाको केन्द्रमा पुगेको छ। विवाहबाह्य सम्बन्धको आरोपदेखि सम्भावित डिभोर्ससम्मका हल्लाबीच दुवैले सार्वजनिक रूपमा आफ्ना धारणा राखेपछि चर्चा झनै चुलिएको हो।

हालै पत्रकारसँग कुरा गर्दै सुनीताले गोविन्दालाई माफ गर्ने सम्भावना खुला राखिन्। उनले भावुक हुँदै भनिन् कि गोविन्दा उनका बाल्यकालका प्रेमी हुन् र यदि उनी व्यवहारमा परिवर्तन ल्याएर परिवारअनुसार चल्न तयार भए, आफू माफ गर्न तयार रहेको बताइन्।

साथै उनले आफू मेनोपोज (रजोनिवृत्ति)को अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा श्रीमान् र सन्तानको साथ अत्यन्त आवश्यक हुने बताइन्। ‘यो उमेरमा तनाव होइन, साथ र माया चाहिन्छ,’ भन्ने उनको सन्देश थियो।

गोविन्दासँग सीधै कुरा गर्दा उनी हाँसेर टार्ने गरेको र पछिल्लो समय उनको ‘संगत राम्रो नभएको’ आरोप पनि सुनीताले लगाइन्। उनले आफूले पहिले गोविन्दाको करिअर र इमेज निकै सन्तुलित राखेको दाबी गर्दै अहिले वरिपरिका मानिसले गलत प्रभाव पारेको संकेत गरिन्।

यता गोविन्दाले भने सबै आरोपलाई अस्वीकार गरेका छन्। उनका अनुसार यस्तो आरोप पहिले पनि लाग्ने गरेको हो। उनले आफू सँधै पेशागत रूपमा अनुशासित रहेको र कुनै पनि सहकलाकारसँग दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन् ।

गोविन्दाले आफ्ना सफल फिल्महरूको श्रेय निर्देशक, गीत र हिरोइनहरूलाई दिँदै आफू आजसम्म दर्शक र सहकर्मीहरूको माया कै कारण यहाँसम्म आइपुगेको बताए। साथै आफू सँग नाम जोडिएकी महिलाले सार्वजनिक रूपमा केही नबोलेको भन्दै उनले धन्यवादसमेत व्यक्त गरे।

एकातिर सुनिताको सर्तसहितको माफीको संकेत, अर्कोतिर गोविन्दाको स्पष्ट अस्वीकार- यी दुई फरक धारणाबीच उनीहरूको सम्बन्ध भविष्यमा कता मोडिने हो भन्ने विषय अहिले मनोरञ्जन जगतको तातो बहस बनेको छ। 

दर्शक र फ्यानहरू भने यो चर्चित जोडीबीच फेरि पुरानै समझदारी फर्किन्छ कि नयाँ मोड लिन्छ भन्ने प्रतीक्षामा छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १ : ०१ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)