कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी « Khabarhub

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रणसिंघे प्रेमादासा रंगशालामा आयोजित खेलमा जिम्बाब्वेले घरेलु टोलीलाई छ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ७९ रनको लक्ष्य जिम्बाब्वेले खेल सकिन ३ बलअगावै भेट्टायो । जिम्बाब्वेका लागि ओपनर ब्याटर ब्रायन बेनेटले ४८ बलमा ६३ रन बनाए । यस क्रममा उनले ८ चौका प्रहार गरे ।

त्यसैगरी, सिकन्दर राजाले जिम्बाब्वेका लागि २६ बलमा ४५ रन बनाए । यस क्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । त्यस्तै, टाडिवानासे मरुमानीले २६ बलमा ३४ रन जोडे ।

श्रीलंकाका दुशन हेमन्थाले सर्वाधिक दुई विकेट लिए । त्यसैगरी, दुनिथ वेल्लालागे र दशुन सनाकाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल तयार पार्‍यो ।

श्रीलंकाका लागि पथुम निस्सान्काले सर्वाधिक ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे । त्यस्तै पवन रत्नायकेले २५ बलमा ४४ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । कुशल परेराले १४ बलमा २२ रन बनाए ।

बलिङतर्फ जिम्बाब्वेका ग्रेम क्रेमर, ब्राड एभान्स र ब्लेसिङ मुजारब्बानीले समान दुई विकेट लिए । रायन बर्लले एक विकेट लिए ।

समूह बीमा रहेका जिम्बाब्वे र श्रीलंका यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेका छन् । यस समूहबाट आयरल्याण्ड, अष्ट्रेलिया र ओमन यसअघि नै समूह चरणबाटै बाहिरिसकेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ७ : ०० बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको