जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा « Khabarhub

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो । आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेलले शनिबार उपाधिका लागि आयोजक टोली सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ । जावलाखेल विसं २०६८ मा मनाङ मस्र्याङदी क्लबसँग उपाघि भिडन्तमा पराजित भएपछि त्यसयता फाइनल पुग्न सकेको थिएन ।

खेलको ५२औँ मिनेटमा आभाका खुसन गनिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता बनायो । धर्वेन्द्र कुँवरको क्रस बललाई गानिजानोभले रोक्ने खोज्दा बल पोष्ट भित्र छिरेको थियो । जावलखेल ६०औँ मिनेटमा १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा पाहुना टोलीले उठाउन सकेन । आभाका र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी जोखिदजोन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित भए र रु १० हजार पुरस्कार पाए । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक