जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा « Khabarhub

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो । आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेलले शनिबार उपाधिका लागि आयोजक टोली सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ । जावलाखेल विसं २०६८ मा मनाङ मस्र्याङदी क्लबसँग उपाघि भिडन्तमा पराजित भएपछि त्यसयता फाइनल पुग्न सकेको थिएन ।

खेलको ५२औँ मिनेटमा आभाका खुसन गनिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता बनायो । धर्वेन्द्र कुँवरको क्रस बललाई गानिजानोभले रोक्ने खोज्दा बल पोष्ट भित्र छिरेको थियो । जावलखेल ६०औँ मिनेटमा १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा पाहुना टोलीले उठाउन सकेन । आभाका र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी जोखिदजोन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित भए र रु १० हजार पुरस्कार पाए । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ५२ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले