एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने « Khabarhub

एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

एमालेले तत्काल गर्नुुपर्ने ११ काम, पाँच विकासका लागि आधारभूत घोषणा र २५ समृद्धिको स्तम्भ समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा पत्रमा समेटिएका तत्काल गर्नुपर्ने ११ काम गर्ने उल्लेख गरेको छ । घोषणापत्रमा श्रमिकको तलब न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने उल्लेख छ ।

यस्तै सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी १८ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म निःशुल्क हरेक महिना १० जीवी इन्टरनेट डाटा, युवा र उद्यमीलाई रु १० हजार बराबरको डलर कार्ड उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।

सूचना प्रविधि र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपभोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउने वाचा गरेको छ । एमालेले वैदेशिक रोजगारमा रहेका श्रमिकले विप्रेषण पठाउनेलाई बंैक खातामा रु पाँच हजार थप गर्ने तत्काल गर्नुपर्ने काममा उल्लेख गरेको छ । प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु २० लाखसम्म निव्र्याजी ऋण उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने एमालेको घोषणा पत्रमा भनिएको छ ।

यस्तै रु २० हजार सुत्केरी भत्ता र रु पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । एमालेले राज्यद्वारा गरिब परिवारको रुपमा पहिचान भएका घर परिवारले बंैक तथा वित्तीय संस्थाबाट २०८२ भदौसम्म लिएको रु २५ हजारसम्मको ऋण मिनाह गराउने भएको छ ।

शिक्षकको मर्यादा तोक्ने र सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने, सुरक्षाकर्मीको सम्मान र कल्याणका लागि पेशागत मर्यादा, सेवा सुविधा, सामाजिक सुरक्षा र स्वास्थ्य उपचार तथा सीप विकाससँगै सम्मानजनक जीवनयापनको सुनिश्चिता गर्ने एमाले घोषणापत्रमा उल्लेख गरिएको छ ।

अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब

एमालेले कृषिको उत्पादत्व, विद्युत् उत्पादन क्षमता बढाउँदै, खनिज तथा औद्योगिक उत्पादन र भौतिक पूर्वाधारमा फड्को मार्दै ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर बढाउने घोषणापत्रमा उल्लेख छ । अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र १० वर्षमा रु २०० खर्ब पु¥याउने एमालेको लक्ष्य छ ।

प्रतिव्यक्ति आम्दानी पाँच वर्षमा करिब तीन हजार अमेरिकी डलर पु¥याउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले दुई वर्षमा सबैको घरमा खानेपानी पु¥याउने वाचा गरेको छ ।

पाँच लाख रोजगारी सिर्जना

एमालेले उच्च आर्थिक वृद्धिबाट वार्षिक चार लाख र सूचना प्रविधिको क्षेत्रसहित लक्षित रोजगार कार्यक्रमबाट थप एक लाख गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने भएको छ ।

उद्योग क्षेत्रको विस्तार गरेर कूल ग्रार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधारको विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा गर्दै पाँच वर्षमा पर्यटकको आगमन दोब्बर बनाउने घोषणापत्रमा उल्लेख छ ।

पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा नै उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । सबै सडकलाई दुई लेनको बनाउने र एक लेनका सडकलाई दुई लेनको बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमालेले सबै राष्ट्रसँग सम्मानजनक सम्बन्ध राख्दै कुनै पनि राष्ट्रको स्वाधिनता, स्वनिर्णय र भौगोलिक अखण्डतामाथिको अतिक्रमण तथा हस्तक्षेप अस्वीकार गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, सचिव छविलाल विश्वकर्मालगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : ४६ बजे

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला

कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ

समूह बनाएर अम्रिसो खेती, डेढ करोड आम्दानी

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार