क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट « Khabarhub

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई पराजित गरेको छ । चेन्नईको एमएचिदम्बरम रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले क्यानडालाई ८३ रनले पराजित गरेको हो ।

२०१ रनको लक्ष्यासहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

उसका लागि हर्ष ठाकरले सर्वाधिक ३० रनको योगदान दिए । यस्तै साद बिन जफर ३०, युवराज समरा १७ र दिलप्रीत बाजवा १३ रनमा आउट भए ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ७ रन मात्रै खर्चिए । राशिद खानले दुई तथा मुजीब उर रहमान र अजमातुल्लाह उमरजाईले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जदरानले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९५ रनमा अविजित रहे । ५६ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै सेदिकुल्लाह अतलले ४४, रहमानुल्लाह गुरबाजले ३० रन बनाए ।

क्यानका लागि जसकरण सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ५२ रन खर्चिए । डिलन हेलिगरको नाममा एक विकेट रह्यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  १० : ५० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक