कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल « Khabarhub

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।

टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले सातौँ मिनेटमै गोल गर्दै यो दुर्लभ कीर्तिमान रचेका हुन्।

सन् २०२३ जुनमा इन्टर मायामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा मायामीले ‘लिग कप’ र ‘एमएलएस कप’ को उपाधि समेत उचालेको छ।

मेसीको गोल गर्ने यात्रा सन् २००५ मे महिनाबाट सुरु भएको हो। १७ वर्ष १० महिना ७ दिनको उमेरमा अल्बासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गर्दा उनी क्लब इतिहासकै कान्छा गोलकर्ता बनेका थिए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका