कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल « Khabarhub

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।

टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले सातौँ मिनेटमै गोल गर्दै यो दुर्लभ कीर्तिमान रचेका हुन्।

सन् २०२३ जुनमा इन्टर मायामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा मायामीले ‘लिग कप’ र ‘एमएलएस कप’ को उपाधि समेत उचालेको छ।

मेसीको गोल गर्ने यात्रा सन् २००५ मे महिनाबाट सुरु भएको हो। १७ वर्ष १० महिना ७ दिनको उमेरमा अल्बासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गर्दा उनी क्लब इतिहासकै कान्छा गोलकर्ता बनेका थिए।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : ३४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक