कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा « Khabarhub

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले बताएको छ । राजीनामा भने सार्वजनिक गरिएको छैन ।

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले बताए ।

निर्वाचनको प्रारम्भिक नतिजा आएसँगै राजीनामाको मनस्थिति बनाएका थापालाई केन्द्रीय पदाधिकारीलगायत उच्च नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।

सभापति थापा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको ठूलो हारसँगै आफू पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।

यो हारसँगै कांग्रेसकै एउटा समूहले थापालाई राजीनामा दिन सार्वजनिक रुपमै चर्को दबाब दिँदै आएको थियो ।

गत पुसमा काठमाडौँमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

२०७९ सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा जित हासिल गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : ०१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स