कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा « Khabarhub

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले बताएको छ । राजीनामा भने सार्वजनिक गरिएको छैन ।

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले बताए ।

निर्वाचनको प्रारम्भिक नतिजा आएसँगै राजीनामाको मनस्थिति बनाएका थापालाई केन्द्रीय पदाधिकारीलगायत उच्च नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।

सभापति थापा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको ठूलो हारसँगै आफू पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।

यो हारसँगै कांग्रेसकै एउटा समूहले थापालाई राजीनामा दिन सार्वजनिक रुपमै चर्को दबाब दिँदै आएको थियो ।

गत पुसमा काठमाडौँमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

२०७९ सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा जित हासिल गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ७ : ०१ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध