शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला” « Khabarhub

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी मतान्तरले विजयी भएका स्वतन्त्र सांसद एवम् पूर्वमन्त्री महावीर पुन शपथ ग्रहणको औपचारिक कार्यक्रम पर्खिरहेका छन् । तर, राजनीतिक संयन्त्रले शपथको मिति तय गर्न ढिलाइ गरेपछि उनी फुर्सदिलो बस्नुको साटो आफ्नो आत्मकथा बिक्री गर्न पोखराको सडकमा ओर्लिएका छन् ।

निर्वाचन लगत्तै आफ्नो क्षेत्र म्याग्दीका ६ वटै पालिका पुगेर विकास र बजेटका प्राथमिकताका विषयमा जनप्रतिनिधि र स्थानीयसँग पहिलो चरणको छलफल सकेका पुन बिहीबार बिहानैदेखि पोखराको नदीपुरमा देखिएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो योजना सार्वजनिक गर्दै उनले शपथको अत्तोपत्तो नभएपछि समय खेर फाल्नुभन्दा पुस्तक बेच्न उपयुक्त ठानेको बताएका छन् ।

“शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन,” पुनले व्यङ्ग्यात्मक भावमा लेखेका छन्, “त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु ।”

सांसद निर्वाचित भएपछि पनि आफ्नो सादा जीवनशैलीलाई निरन्तरता दिएका पुनले स्थानीय तहका प्रमुखलाई समेत सम्बोधन गर्दै ठट्टाको शैलीमा भनेका छन्, “अनि के गरेर बस्ने त नि मेयर साहब, गाह्रो पिरो नमानी दिनुहोला ।”

नेपालको राजनीतिमा निर्वाचित प्रतिनिधिहरू पदको मर्यादा र शक्ति अभ्यासमा केन्द्रित भइरहँदा, पुनले भने जनताका बीचमा पुगेर आफ्नै जीवनी बेच्ने कार्यलाई प्राथमिकता दिएका छन् । आविष्कारकका रूपमा परिचित पुनले राजनीतिमा प्रवेश गरेलगत्तै देखाएको यो फरक शैलीले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ९ : १६ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल