पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ ।

‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो ।

यसअघि कोइरालो खोला नमुना वन उपभोक्ता समूहले सामुदायिक वनभित्र रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ । 

सोही क्षेत्रभित्र पर्नेगरी ‘वनस्टे’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो । वनस्टे निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) र राष्ट्रिय कृषक समूह महासङ्घको साझेदारीमा सञ्चालित संरक्षण परियोजनाले सहकार्य गरेको हो ।

‘वन र सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले वनस्टे सञ्चालनमा ल्याएका हौँ’, उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले भने ।

उनका अनुसार पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखानालगायत सेल्फीस्थलसहित आकर्षकस्थल तयार गरिएको छ ।

वनस्टे निर्माणपछि यस क्षेत्रको शान्त र रमणीय प्राकृतिक वातावरणमा बस्न चाहने पर्यटकले यहाँ बसोबास गर्दै विशेष आनन्दको अनुभूति गर्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । हरियाली वन, सिमसार क्षेत्र र स्वच्छ वातावरणले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए । 

वनस्टे निर्माणमा परियोजनाबाट आठ लाख छ हजार ८८ रुपैयाँ र उपभोक्ता समूहबाट ‍तीन लाख ६७ हजार २९५ रुपैयाँ खर्च भएको जनाइएको छ । वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाबाट थप २० लाख रुपैयाँ बजेट विनियोजन गरी थप दुई वटा दुई कोठे भवन निर्माण गरिने जानकारी दिए । 

‘यसले पर्यटन विकाससँगै स्थानीयमा आर्थिक गतिविधि बढाउन मद्दत गर्नेछ’, उनले भने । 

वनस्टेमा आउने पाहुनालाई थारू समुदायको संस्कृति प्रदर्शन गर्ने तथा परम्परागत खानाका परिकारहरू उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष तेजनारायण चौधरीले बताए । उनले भने, ‘हामीले पाहुनालाई स्थानीय संस्कृति र स्वादसँग जोड्ने प्रयास गरिरहेका छौँ ।’

हाल वनस्टेमा प्रतिव्यक्ति रु आठ सयमा खान र बस्न सुविधा उपलब्ध छ । दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उपभोक्ता समूहले जनाएको छ ।

चार वर्षअघिबाट यहाँको सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास भएपछि स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ । हाल १४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले जानकारी दिए । 

लहान बजारबाट करिब पाँच किलोमिटर उत्तरको चुरेफेदमा अवस्थित हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य, सामुदायिक वन व्यवस्थापन र सांस्कृतिक अनुभवका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । रासस

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १२ : ०९ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक