पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू) « Khabarhub

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे जात्रा आज समापन गरिएको छ । आज चर्‍हेको तेश्रो दिन असनमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइ समापन गरिएको हो ।

नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्त्व छ । ‘पाहाँ’ अर्थात् पाहुना र ‘चःह्रे’ अर्थात् चतुर्दशीबाट बनेको यस चाडमा पाहुनालाई बोलाई भोज खुवाउने परम्परा प्रमुख मानिन्छ । नेवार संस्कृतिमा अरूलाई खुवाएर मात्र आफू खाने चलन भएकाले यस चाडले आतिथ्य सत्कारको भाव झल्काउँछ ।

यो पर्व हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म मनाइन्छ । जाडो सकिएर गर्मी सुरु हुने समयमा आउने हुरी, वर्षा तथा रोगबाट बच्न धार्मिक उपायस्वरूप विभिन्न देवताको पूजा गरिन्छ । कतिपय स्थानमा राँगा, हाँस, कुखुरा र बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिन्छ । 

यस दिन लुकुमहाद्यः (लुकेका महादेव) लाई समय्बजि, छ्वयला र जाँड–रक्सी चढाई पूजा गर्ने परम्परा छ । किंवदन्ती अनुसार शनिको दशाबाट बच्न महादेव फोहोरको थुप्रोमा लुकेका थिए र पछि त्यहीँ शिवलिङ्ग फेला परेपछि पूजा सुरु भएको मानिन्छ ।

पाहाँचःह्रेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइ जात्राको शुभारम्भ गरिएको थियो भने भोलिपल्ट बालबालिकालाई अजिमाको प्रसादको रूपमा ‘मरःजा’ खुवाइयो, जसले भूतप्रेत र रोगबाट जोगाउने विश्वास गरिन्छ । 

साथै यस पर्वसँग घोडेजात्रा, अष्टमातृका देवीका खटजात्रा, इचंगु महालक्ष्मी जात्रा र विभिन्न देवदेवीका पूजा तथा भोजका परम्पराहरू पनि जोडिएका छन् । यसरी पाहाँचःह्रे नेवार संस्कृतिको महत्त्वपूर्ण सामाजिक र धार्मिक पर्व हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ४ : ३० बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन