लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने « Khabarhub

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन  हुने भएको छ ।

नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधिहरू, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५ सय जना भन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारा सहित २ दिनसम्म चल्ने सम्मेलन अन्तर्गत सात ओटा सत्रमा लघुवित्तका विविध आयामहरूमा सामूहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । जसअन्तर्गत ‘लघुवित्त सदस्यहरूको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रूपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौती र सावधानीका उपाय’, ‘युवा स्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसङ्गति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ ।

विश्वका १७७ ओटा देशहरूमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरूको सम्मेलन नेपाल एक मात्र देश रहेको पत्रकार सम्मेलनमा  स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । ‘लघुवित्तका नीति निर्माता तथा नियामकहरूको सहभागितामा विश्व सम्मेलन, क्षेत्रीय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ’ उनले भने, ‘सदस्यहरूलाई सहभागिता गराई उनीहरूको सम्मेलन गर्ने नेपाल एक मात्र देश हो ।’ सदस्यहरू नै लघुवित्तको अभिन्न अङ्ग भएको र उनीहरूलाई केन्द्रबिन्दुमा राखी सम्मेलन हुँदै आएको उनको भनाइ छ ।

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ नाराका साथ दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र ‘घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा र ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० सालमा सम्पन्न भएको थियो ।

गरिवी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरूले भूमिका खेल्दै आएका छन् । लघुवित्तले चुलोचौकोमा सिमित महिलाहरूलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको बच्चाहरूलाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरणहरू रहेको श्रेष्ठले बताए । 

तर, सरकारले लघुवित्त संस्थाहरूलाई कम्पनी मोडलमा रूपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाँड्ने होडबाजी चलेको, यसका लागि आवश्यकता भन्दा बढी ऋण दिँदा विकृति बढाएको समेत उनले बताए । अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काँचुली फेर्ने उनले दाबी गरे ।

विकासको मुख्य शक्ति युवा वर्गमा सिर्जनात्मकता, ऊर्जा, शिक्षा र सीपको ठूलो सम्भावना भए पनि पर्याप्त स्वरोजगार अवसर नहुँदा धेरै युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । अब लघुवित्त संस्थाहरूले युवाहरूलाई स्वरोजगार बनाउन काम गर्नुपर्ने त्यो लघुवित्त कार्यक्रमका लागि नयाँ आयाम हुने अध्यक्ष श्रेष्ठले बताए । ‘अब लघुवित्तहरूले युवाहरूलाई लक्षित गरेर आफ्नो कार्यक्रम अघि बढाउन केन्द्रित हुनुपर्छ’ उनले भने, ‘त्यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशीलतामै केन्द्रित गरेका छौँ ।’

हाल लघुवित्त वित्तीय संस्थाहरू र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरूले नेपालको ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन् । लघुवित्तहरूले वित्तीय सेवाका अलावा ‘क्रेडिट प्लस’ को सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन् । यस्तै ‘थ्री जिरो’ अवधारणा अन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्य सहित युवाहरूको क्लब गठन गरी काम गरिरहेको छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्ममा ५२ ओटा लघुवित्त वित्तीय संस्थाहरूले देशभर ५ हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ ।

२७ लाख सदस्यहरूले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरूले ४ खर्ब ९५ अब भन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त बाहेक ५० वटा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।

पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन  चैत ८ र ९ गते कार्की ब्याङ्क्वेट काठमाडौंमा हुनेछ । 

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ०१ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक