राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा « Khabarhub

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अध्यक्ष साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे २४ मिडिया प्रालि नव इन्द्रेणी फाउन्डेसन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर)विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष लम्सालसँग मिलेमतोमा पालिका अध्यक्षले ‘अन्धपथ’ नामको चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धानले निष्कर्ष निकालेको छ।

उनीहरूविरूद्ध प्रतिव्यक्ति १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । अनुसन्धानबाट सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत प्रक्रिया नअपनाई ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बजेट विनियोजन नगरी नै सम्झौता गरिएको पाइएको छ।

१५ लाख ५ हजार रुपैयाँ बराबरको सम्झौता प्रतिस्पर्धाबिना सोझै गरिएको र कानुनले तोकेको सीमा भन्दा बढी पेश्की भुक्तानी दिइएको आरोप लगाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।

यस्तै, अग्रिम बैंक जमानत नलिई रकम भुक्तानी गरिएको, सम्झौता एक संस्थासँग भए पनि भुक्तानी अर्को संस्थालाई गरिएको तथा नक्कली बिलका आधारमा थप खर्च देखाइएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगका अनुसार प्रतिवादीहरूले १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरी व्यक्तिगत लाभ लिएको निष्कर्ष निकालिएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै सोही रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ। साथै मुख्य पदमा रहेका व्यक्तिहरूलाई थप सजायको माग समेत गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ५ : ५४ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध