लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु « Khabarhub

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताएका छन् ।

शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु तेस्रो अन्तरराष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा उनले विश्व शान्तिका लागि लुम्बिनीले पुनःएकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

महोत्सव नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको हो । ‘आजको अशान्त विश्वमा भगवान् बुद्धको करुणा र अहिंसाको सन्देश पुनर्जीवित गर्नु अपरिहार्य छ;, मन्त्री सिन्हाले भने, ‘नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहन्छ ।’

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तरराष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गरे । उनले चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेख गर्दै उनले लुम्बिनीले विश्व शान्तिको प्रतीकका रूपमा स्थापित भइसकेको धारणा राखे । ‘महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु’ उनले भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले अन्तरराष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरूले शान्ति र विकासको सशक्त माध्यमका रूपमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केबल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याए । उनले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्त गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको बताए ।

महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेशन) कार्यक्रम आयोजना गरिनेछ भने शनिबार अन्तरराष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ । यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।

लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ९ : ०० बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण