हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट « Khabarhub

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन् श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। धरान उपमहानगरपालिकाको मेयर पद सामाजिक सञ्जालकै बलमा जितेका उनी अहिले संघीय सांसद छन् ।

तर केही दिनयता उनको हातमा करिब १४ लाख फलोअर भएको फेसबुक पेज नै छैन। अत्यधिक रिपोर्ट परेपछि उनको फेसबुक पेज नै अहिले गायब भएको छ।

आइटी विज्ञहरूले उनको आइडी अत्यधिक रिपोर्टका कारण निमल्बनमा परेको हो । उक्त आइडी अब तत्कालै फर्किने नफर्किने टुंगो छैन ।

अर्थात्, अहिले हर्क आफ्नो प्रमुख शक्ति नहुँदा निरीह देखिएका छन् । उनी अहिले अन्य पेजहरूमा कहिले लाइभ त कहिले भिडियो पोस्ट गरेर झुल्किन्छन्।

उनै हर्कले धरानको मेयर मेयर हुँदा नै एक घण्टामा ५० वटा पोस्ट गर्दै फेसबुकको भित्ता रंगाएका थिए । त्यसबेला उनले सबै पोस्टहरू तत्कालीन ऊर्जामन्त्रत्री कुलमान घिसिङ र रवि लामिछाने तथा बालेन्द्र शाह लक्षित थिए । पुस १४ गतेदेखि २६ गतेसम्म यी तीन नेता एकठाउँदा हर्क एक्लो भएपछि तनावमा थिए । त्यहीबेला उनले एक दिनमा ५० वटासम्म पोस्ट गर्न भ्याए।

अहिले ठ्याक्कै उनै हर्कजस्तै शैलीलाई पछ्याएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले । इरानविरुद्धको युद्धमा ५६ प्रतिशत अमेरिकीले ट्रम्प असफल भएको निष्कर्ष निकालिरहँदा उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय भएका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक घण्टाभित्रै ३७ वटा पोस्ट गरेपछि अनलाइन गतिविधि चर्चाको विषय बनेको छ।

छोटो समयमै लगातार पोस्ट गरिएको सामग्रीमध्ये केही पोस्ट दोहोरिएको तथा एउटै विषयलाई दुई–तीन पटकसम्म राखिएको देखिएको छ। यसले सामाजिक सञ्जाल प्रयोगको शैलीबारे विभिन्न अड्कलबाजीहरू जन्माएको छ।

यद्यपि, यति तीव्र गतिमा पोस्ट गर्नुको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। यसैबीच इरानको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले व्यंग्य गर्दै ट्रम्पको यस्तो गतिविधिबारे प्रश्न उठाएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो गतिविधिलाई इरानविरुद्धको युद्धमा भोगेको असफलतालाई ढाकछोप गर्ने प्रयासकाा रुपमा लिइएको छ। ट्रम्प तनावमा रहेका बेला सामाजिक सञ्जाल प्रयोगको शैलीबारे पनि प्रश्न उठेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : ४२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका