एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ? « Khabarhub

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियामा आवश्यकताभन्दा बढी हतारो गरिएको भन्दै आपत्ति जनाएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनुवाइ प्रक्रिया पारदर्शी नभएको र सांसदलाई अध्ययनका लागि पर्याप्त समय नदिइएको आरोप लगाइन् ।

बैठकमा आफ्नो धारणा राख्दै सांसद अर्यालले कार्यतालिकाप्रति असन्तुष्टि जनाइन् । “बैठकमा आउनुपूर्व मैले आज उजुरी वितरण मात्रै होला भन्ने ठानेकी थिएँ । अर्को दिन उजुरीको अध्ययन गरेर छलफल होला र त्यसपछि मात्रै सुनुवाइ होला भन्ने सोचेकी थिएँ,” अर्यालले भनिन्, “तर यहाँ त आजै उजुरी खोल्ने, आजै छलफल गर्ने र आजै सुनुवाइ पनि सक्ने गरी सबै कुरा एकै दिन ल्याइयो । यति धेरै हतारो गर्नुपर्ने के चिज पर्‍यो ?”

सांसद अर्यालले उजुरीकर्ताका गुनासालाई गम्भीरतापूर्वक सुन्नुपर्ने र त्यसका लागि सांसदहरूलाई बुझ्ने समय हुनुपर्ने माग गरिन् । “यस्तो हतारो र अपारदर्शी निर्णयले समितिको गरिमामाथि नै प्रश्न उठ्छ,” उनले थपिन् ।

विवाद र असन्तुष्टिका बीच बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध प्राप्त भएका उजुरीहरू खोलेर सांसदलाई वितरण गरिएको छ । समिति सचिवालयका अनुसार शर्माविरुद्ध कुल १६ वटा उजुरी परेका छन् । जसमा ११ वटा इमेलमार्फत र ५ वटा लिखित रूपमा दर्ता भएका हुन् ।

उजुरीसँगै प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरेको कार्ययोजना पनि अध्ययनका लागि सांसदलाई वितरण गरिएको छ । समितिले उजुरी र कार्ययोजनामाथि आजै संक्षिप्त छलफल गरी प्रक्रिया अगाडि बढाउने तयारी गरेपछि एमालेले ‘फास्ट ट्र्याक’ सुनुवाइको विरोध गरेको हो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : १२ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश