संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना « Khabarhub

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

विचौलिया नियन्त्रण र न्यायको सहज पहुँच डा. शर्माको प्राथमिकता


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि थुप्रिएका मुद्दालाई साढे १८ महिना भित्र फर्स्योट गर्ने लक्ष्यसहितको महत्त्वाकाङ्क्षी कार्ययोजना सार्वजनिक गरेका छन् । मङ्गलबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणापत्र र कार्ययोजना पेस गर्दै डा. शर्माले न्यायपालिकाको सुधारका लागि प्रविधिमैत्री न्याय प्रणाली र भ्रष्टाचारमुक्त प्रशासनमा जोड दिएका हुन् ।

उनले पेस गरेको कार्ययोजनामा ‘डिफरेन्सियल केस म्यानेजमेन्ट’ (डीसीएम) पद्धतिलाई प्रभावकारी रूपमा लागू गरी मुद्दाको प्रकृति अनुसार बढीमा १८ महिनाभित्र किनारा लगाउने प्रतिबद्धता जनाएका हुन् । न्याय सम्पादनमा ढिलासुस्ती हुँदा जनआस्थामा ह्रास आएको स्वीकार गर्दै उनले अबका दिनमा छिटो, छरितो र अनुमानयोग्य न्याय प्रणाली स्थापित गर्ने दाबी गरेका छन्।

न्यायालयमा’एआई’ प्रयोग
डा. शर्माले न्यायालयलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना अघि सारेका छन् । उनले अदालतमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोगका सम्भाव्यता अध्ययन गर्ने, ‘भर्चुअल’ माध्यमबाट बहस र बयान लिने तथा मुद्दाको मिसिललाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने योजना अघि सारेका छन् । अदालतमा हुने बहसको प्रत्यक्ष प्रसारणसँगै अडियोलाई टेक्स्टमा रूपान्तरण गर्ने प्रविधिको सुरुवात गर्ने समेत उनको कार्ययोजनामा उल्लेख छ ।

अदालतमा हुने भ्रष्टाचार र विचौलियाको चलखेल रोक्न उनले ‘शून्य सहनशीलता’ को नीति अख्तियार गर्ने बताएका छन् । न्याय परिषद् र सर्वोच्च अदालतको अनुगमन संयन्त्रलाई सक्रिय बनाउँदै आचारसंहिता उल्लङ्घन गर्ने न्यायाधीश र कर्मचारीमाथि कडा कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । “न्यायालय प्रतिको जनआस्था बढाउन बिचौलियाको प्रभावलाई अन्त्य गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ,” उनले भने ।

न्यायमा पहुँच नभएका विपन्न र असहाय वर्गका लागि निःशुल्क कानुनी सेवालाई प्रोत्साहन गर्ने र सो सेवा उपलब्ध गराउने कानुन व्यवसायीको अभिलेख अद्यावधिक गर्ने योजना पनि डा. शर्माले अघि सारेका छन् । त्यस्तै, मेलमिलाप पद्धतिलाई थप प्रभावकारी बनाउँदै मुद्दाको भार कम गर्ने र साना प्रकृतिका विवादलाई समुदाय स्तरमै समाधान गर्न प्रोत्साहन गर्ने उनको अवधारणा छ ।

उनले सर्वोच्च अदालतका न्यायाधीश संविधान र कानुन बमोजिम न्यायिक कार्यमा मात्र संलग्न हुनुपर्ने र प्रशासनिक तथा व्यवस्थापकीय कार्यका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने धारणा समेत राखेका छन् । डा. शर्माले आफ्नो कार्ययोजनाको प्रगति विवरण प्रत्येक चार महिनामा सार्वजनिक गर्ने र संसद् तथा सरकारसँगको समन्वयमा न्यायपालिकाको बजेट र जनशक्ति व्यवस्थापन गर्ने अवधारणा अगाडि सारेका छन्।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : ०८ बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर