शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन « Khabarhub

शर्माको सुनुवाइ ‘फास्ट ट्र्याक’मा, विपक्षीको आपत्तिपछि रास्वपा सांसद्ले भने- यसलाई धेरै लम्ब्याउनु हुँदैन


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ अघि बढाएको छ ।  

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको हो । 

शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् । उजुरी वितरणपछि मंगलबार नै समितिले उजुरीकर्ताहरुसंग छलफल गरेको छ भने मंगलबार नै सुनुवाइ प्रक्रिया टुङ्गाउने समितिले जनाएको छ । 

समितिले फास्ट ट्र्याकमा सुनुवाइ प्रक्रिया अघि बढाएपछि विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन् । बैठकमा समिति सदस्य पद्मा अर्यालले यसअघि उजुरीका विषयमा अध्ययन गर्ने समय प्राप्त भए पनि अहिले हतारमा सुनुवाइ प्रक्रिया अघि बढाउनु उचित नहुने बताइन् ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले सुनुवाइ समितिको कार्यतालिका परिवर्तन गर्दा सवै सदस्यहरूसँग छलफल गर्न आग्रह गरे ।

बैठकमा रास्वपाका सांसदहरूले भने सुनुवाइ प्रक्रियालाई लम्बाउन नहुने धारणा राखेका थिए । समिति सभापति सभापति बोधनारायण श्रेष्ठले विशिष्ट समयमा विशिष्ट लिनुपर्ने भन्दै सहयोग गर्न आग्रह गरे । उनले छोटो समयमा कति काम गर्न सकिन्छ भने परीक्षण समेत भएको उल्लेख गरे । उनले न्यायालय आन्तरिक द्वन्द्वमा गइरहँदा छिटो सुनुवाइ प्रक्रियाबाट द्वन्द्व कम हुन सक्ने धारणा राखे । 

संवैधानिक परिषद्ले वैशाख २४ गते प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएपपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १२ : ४८ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने