प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुम्वासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुम्वासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।’

सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरे । 

सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो ?, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो ? ।’

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : १३ बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६