इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित « Khabarhub

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन् । 

उनीहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन्।

वि.सं. २०८१ मा भएको गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका उम्मेदवारहरूलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक–पटक दिँदै आएका थिए । 

यही विश्वासका आधारमा धेरै युवाहरूले नयाँ आवेदन प्रक्रिया कुर्ने निर्णय गरेका थिए । तर लामो समय बितिसक्दा पनि ठोस निर्णय नआउँदा उनीहरूमा निराशा बढ्दै गएको छ ।

पीडित उम्मेदवारहरूले आफूहरूलाई पुनः नयाँ गोलाप्रथामा सहभागी गराउनु अन्याय हुने बताएका छन् । उनीहरूका अनुसार विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेका उम्मेदवारलाई फेरि प्रारम्भिक चरणबाटै प्रक्रिया थाल्न बाध्य बनाइनु मानसिक तथा आर्थिक रूपमा ठूलो बोझ हो ।

आफ्ना माग सम्बोधन गराउन उम्मेदवारहरूले निरन्तर रूपमा विभिन्न सरकारी निकायमा धाइरहेका छन् । उनीहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमा डेलीगेसन जाने र ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएका छन् ।

यसबीच, सञ्चार माध्यमहरूमा इजरायलका लागि करिब २३०० नयाँ कोटा खुल्ने तयारी भइरहेको र पुराना उम्मेदवारहरूले समेत पुनः नयाँ लकी ड्र प्रक्रियामा सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि पीडित उम्मेदवारहरूको असन्तुष्टि थप चर्किएको छ ।

उम्मेदवारहरूले सरकारसँग विगतदेखि रोकिएका योग्य उम्मेदवारहरूका लागि छुट्टै कोटा सुरक्षित गर्न माग गरेका छन्। उनीहरूका अनुसार पुराना उम्मेदवारको हक सुनिश्चित नगरी नयाँ प्रतिस्पर्धामा धकेलिनु राज्यको गैरजिम्मेवारपूर्ण कार्यशैलीको उदाहरण हो ।

पीडित युवाहरूले नेपाल सरकार र सम्बन्धित मन्त्रालयलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै पुराना उम्मेदवारहरूको हक सुरक्षित हुने गरी तत्काल स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ३८ बजे

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्