प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

 कामाडौं– प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुँदा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए। 

उनले अर्थमन्त्री उपस्थित हुनैपर्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे अर्थमन्त्रीलाई खबर पठाइसकेको जानकारी दिए । उनले अर्थमन्त्री नआइपुगुञ्जेलसम्म आफ्नो धारणा राख्न सांसद राईलाई आग्रह गरे।

सांसद राईले आफ्नो मन्तव्य राख्न अस्वीकार गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे। आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहेको छ ।

यसअघि छलफलमाा भाग लिँदै सांसद अमरेशकुमार सिंहले अर्थमन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुनु राम्रो नभएको गुनासो गरे। उनले चुरेको संरक्षण नहुँदा पानीको तह कम हुँदै गएकाले तराई मधेसमा समस्या बढेको उल्लेख गरे। 

सांसद रेखाकुमारी यादवले पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । उनले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  २ : २३ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय