दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ « Khabarhub

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, मालिकार्जुन गाउँपालिका–२ घर भई हाल व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय सुन्सेराका ४६ वर्षीय प्रधानाध्यापक बलदेव सिंह यही वैशाख ४ गते बिहान करिब ०५:३० बजे झुण्डिएको अवस्थामा फेला परेका थिए।

घटनाबारे प्रारम्भिक अनुसन्धान अघि बढाउँदै प्रहरीले ज्यानसम्बन्धी कसुर अन्तर्गत ‘आत्महत्या दुरुत्साहन’ को आशंकामा ८ जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टले पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

पक्राउ परेकाहरूलाई दार्चुला जिल्ला अदालतबाट १० दिनको हिरासत अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान जारी छ।

घटनासँग सम्बन्धित सबै पक्षहरूलाई समेटेर तथ्य संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

पक्राउ परेकाहरू

१ महाकाली नगरपालिका-१ बस्ने ३२ वर्षीय बिक्रमसिंह कुवँर
२ महाकाली नगरपालिका-२ बस्ने ५२ वर्षीय दलिदत्त भट्ट
३ महाकाली नगरपालिका-५ बस्ने ४२ वर्षीय खिमानन्द भट्ट
४ व्याँस गाउँपालिका-४ बस्ने ५७ वर्षीय परमानन्द भट्ट
५ ब्याँस गाउँपालिका-४ बस्ने ३९ वर्षीय पदमराज भट्ट
६ ब्याँस गाउँपालिका-४ बस्ने ४३ वर्षीय नरेन्द्र दत्त भट्ट
७ ब्याँस गाउँपालिका-४ बस्ने ५९ वर्षीय हरि दत्त भट्ट
८. बैतडीको पाटन नगरपालिका- ४ बस्ने ४० वर्षीय पुष्करराज भट्ट

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : ०९ बजे

सरकारको निर्णय कार्यान्वयनमा : सांसदहरूले स्वकीय सचिव राख्न पाउने

काठमाडौं – संघीय संसद्का सांसदहरूले पुनः स्वकीय सचिव नियुक्त गर्न

साउनको पहिलो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौं – यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ मूल

यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार स्वीकृत दरबन्दीमा

मनसुनजन्य विपद् बढेपछि कर्मचारीहरूलाई कार्यालय नछाड्न सरकारको निर्देशन

काठमाडौं – देशभर अविरल वर्षा, बाढी, पहिरो तथा अन्य मनसुनजन्य