भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा चर्किएको भिजिट भिसा प्रकरणमा अर्को मुद्दा चलाएको छ।

भिजिट भिसा सेटिङ गरी युवाहरूबाट लाखौँ घुस लिएर भ्रष्टाचार गरेको भनिएको मुद्दामा डीएमसी ट्राभल प्रालिका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाविरुद्ध आरोपपत्र दायर गरिएको हो।

आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार थापाले पहिले सरकारी साक्षीका रूपमा बयान दिएका थिए । तर विशेष अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानको प्रतिकूल उभिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले यसबारे मंगलबार जानकारी दिइएको छ।

आयोगको अनुसन्धान अनुसार स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थायी घर भई पोखरास्थित डीएमसी ट्राभल्स प्रालिका तत्कालीन मार्केटिङ अफिसर थापाले भिजिट भिसामा मानिस विदेश पठाउने क्रममा सेटिङ गरेको, एयरपोर्ट अध्यागमनमा यात्रु प्रस्थान हुनुअघि नाम टिपाउने गरेको, होटल बुकिङ र डलर सटही आफ्नै कम्पनीबाट गर्ने गरेको पुष्टि भएको छ।

उनले प्रतिवादी बालकृष्ण खड्काको सहयोगमा तत्कालीन गृहमन्त्री खाँणले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखका रुपमा खटाएका सहसचिव भट्टराईसहितलाई घुस दिएर भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुरको मतियार बनेको आयोगले ठहर गरेको छ।

यो मुद्दा घुस लिई दिई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा (०८२-सीआर-००५३) हो। मुख्य प्रतिवादी तीर्थराज भट्टराईसमेत भएको यो मुद्दामा बिगो रकम ३० लाख २० हजार कायम गरिएको छ।

आयोगले दीपक थापालाई मुख्य कसुरदारसरह सजाय मागदाबी गरेको छ। यसमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर, कैद, जरिवाना र बिगो जफत/असुल उपर माग गरिएको छ।

अख्तियारले यसअघि थापालाई सहयोगी भएको कारण पूर्ण सजाय छुट दिएर सरकारी साक्षी बनाएको थियो। तर अदालतमा उनको बकपत्रले आयोगको अनुसन्धानलाई कमजोर बनाएको भन्दै अब उनीमाथि पनि मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : ३९ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय