पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो « Khabarhub

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका लागि पोर्चुगल राष्ट्रिय टोलीको घोषणा गरेका छन् । अमेरिका, क्यानाडा र मेक्सिकोमा हुन लागेको सन् २०२६ विश्वकपका लागि उनले आधिकारिक टोली घोषणा गरेका छन्।

पोर्चुगल राष्ट्रिय टोली समूह ‘जे’ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगो, कोलम्बिया र उज्बेकिस्तानसँग रहेको छ। पोर्चुगल २०२६ विश्वकप अभियानको लागि बलियोमध्ये एक टोली मानिएको छ। रोनाल्डोको छैटौं विश्वकप यात्रा तय गर्दा उपाधि चुमेमा सर्वकालीन महान् खेलाडीमा दरिनेछन् ।

रोबर्टो मार्टिनेजले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका छन्। जसमा परेका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौं र अन्तिम विश्वकप खेल्ने छन्।

रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, भिटिन्हा, जोआओ नेभेस, राफेल लियाओ र रुबेन डियास जस्ता चर्चित खेलाडी टोलीमा छन्। यसले पोर्चुगललाई विश्वकै बलियो टोलीमध्ये एक बनाएको छ।

यो टोली घोषणा हुँदा केही चर्चित खेलाडी छुटेकाका छन् । जसमा जोआओ पाल्हिन्हा, रोड्रिगो मोरा, रिकार्डो होर्ता र पेद्रो गोन्साल्भेस रहेका छन् ।

टोलीमा चारजना गोलकिपर छन्। प्रशिक्षक मार्टिनेजका अनुसार रिकार्डो भेल्हो चौथो नम्बरका गोलकिपर हुन्। उनी बेन्चमा नबस्ने तर प्रशिक्षणमा सहभागी हुने छन्।

मार्टिनेजले टोलीमा रहेको ‘+१’ लाई गत वर्ष दुर्घटनामा मृत्यु भएका डिएगो जोटाप्रति श्रद्धाञ्जलीको रूपमा व्याख्या गरेका छन्। यसकारण २७ खेलाडीको टोली घोषणा गरिएको छ।

पोर्चुगिज टोली

गोलकिपर :
डिएगो कोस्टा
रुइ सिल्भा
जोसे सा
रिकार्डो भेल्हो (रिकार्डो फिल्हो)

डिफेन्स :
जोआओ कान्सेलो
डिएगो डालोट
रुबेन डियास
गोन्सालो इनासियो
रेनाटो भेगा
थोमस आर्युजो
नुनो मेन्डेस
मानियस नुनेज
नेल्सन सेमेडो

मिडफिल्ड :
ब्रुनो फर्नान्डेस
बर्नार्डो सिल्भा
जोआओ नेभेस
भिटिन्हा
रुबेन नेभेस
सामु कोस्टा

फरवार्ड :
फ्रान्सिस्को ट्रिन्काओ
राफेल लियाओ
गोन्सालो रामोस
क्रिस्टियानो रोनाल्डो
जोआओ फेलिक्स
पेद्रो नेटो
फ्रान्सिस्को कन्सेइसाओ
गोन्सालो गुएडेस

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ६ : ४१ बजे

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज