अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले « Khabarhub

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। ब्यूरोले मंगलबार विज्ञप्ति निकालेर जेन-जी अधिकारकर्मी अमिषा पराजुलीले आफूहरूमाथि लगाएको आरोपबारे स्पष्टीकरण दिएको हो ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दिलीपकुमार गिरीले ‘परिवर्तित नाम साइबर ब्यूरो ६२ (०८२/०८३)’ ले एक कार्यक्रममा साइबर ब्यूरोमा जाँदा प्रहरीले आफ्नी आमासँग छोरीबारे आपत्तिजनक शब्द प्रयोग गरेको भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा फैलिएको जनाएका छन् ।

उक्त विषयमा बुझ्न उनकी आमालाई साइबर ब्यूरोमा उपस्थित गराई सोधपुछ गरिएको ब्यूरोले जनाएको छ। त्यस क्रममा साइबर ब्यूरोका कुनै पनि प्रहरी कर्मचारीले अश्लील शब्द प्रयोग नगरेको बताइएको गिरीको दाबी छ।

त्यसपछि अमिषाकी आमाले छोरीको अभिव्यक्तिबाट नेपाल प्रहरी संगठन र साइबर ब्यूरोलाई असर पुगेको भन्दै लिखित रूपमा माफीसमेत मागेको उनले उल्लेख गरेका छन् ।

पराजुलीले केही दिनअघि आयोजित एक कार्कय्रममा ब्यूरोमा जाँदा आफूले अपमानित हुनुपरेको खुलाएकी थिइन् । साइबर ब्यूरोका प्रहरीबाट अपाच्य बचनसमेत सहनु परेको उनले बताएपछि आमालाई झिकाएर माफी मगाइएको हो ।

पाटनमा आयोजित अन्तरक्रियाका क्रममा अमिषाले ब्यूरोका एकजना प्रहरीले आफूलाई ‘छोरी मान्छे भएपछि थुतुनो र मु… सम्हाल्नुपर्छ’ भन्दै हप्काएको खुलाएकी थिइन् । यही कुरालाई लिएर प्रहरीले अमिषाकी आमालाई बोलाएर लिखित माफी मगाएको हो ।

साइबर ब्यूरोले सेवाग्राहीलाई प्रदान गरिने सेवा, प्रहरीको बोलीव्यवहार तथा कार्यसम्पादनप्रति आफूहरू सदैव सजग र सचेत रहेको पनि जनाएको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को