कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम « Khabarhub

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत प्रशासन प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम चढाएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम हटाएर हतार हतार शर्माको नाम अपडेट गरिएको हो ।

शर्माले सर्वोच्च पुगेर पदबहालीसमेत गरिनसक्दै सर्वोच्च प्रशासनका कर्मचारीले उनको नाम वेबसाइटमा प्रधानन्यायाधीशका रुपमा कायम गरेका हुन् ।

सोमबार मात्रै कामु प्रन्या मल्लले शर्माविरुद्धका रिट दर्ता गर्न आदेश दिँदा मुख्य रजिस्ट्रार बिमल पौडेलसहित कर्मचारी कार्यालय समयमै भागेका थिए ।

तर मंगलबार प्रन्या शर्माले पदबहाली गरिनसक्दै सर्वोच्चका तिनै कर्मचारीले प्रन्यामा नाम अपडेट गरेका हुन् । मंगलबार साँझ ५ बजे कार्यालय समय सकिए पनि राति सवा ७ बजे शर्माको नाम प्रन्यामा अपडेट गरिएको हो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ७ : २० बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये