अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो « Khabarhub

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखाएको छ । द इन्स्टिच्युट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस) ले मंगलबार राजधानीमा सार्वजनिक गरेको ‘नेपाली डायस्पोरा इन अस्ट्रेलिया’ प्रतिवेदन अनुसार सन् २०२५ सम्म त्यहाँ नेपालीहरूको संख्या दुई लाख १३ हजार ५८० पुगेको छ । यो अध्ययन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासको सहयोगमा तयार पारिएको हो ।

प्रतिवेदनले पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा नेपाली समुदाय तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ । सन् २०२१ को जनगणनामा एक लाख २२ हजार ५०७ नेपाली रहेको उल्लेख भए पनि त्यसपछिका वर्षहरूमा संख्या झन् बढेको छ । सन् २०१४ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा नेपाली डायस्पोराको आकार पाँच गुणाले वृद्धि भएको देखिन्छ ।

अध्ययनअनुसार सन् २०२५ मा अस्ट्रेलियाको कुल जनसंख्यामा नेपालीहरूको हिस्सा ०.८ प्रतिशत पुगेको छ, जुन सन् २०१५ मा ०.२ प्रतिशत मात्र थियो ।

यस अध्ययनका लागि अस्ट्रेलियामा रहेका एक हजार ८९ नेपालीसँग सर्वेक्षण गरिएको थियो । सहभागीमध्ये ६१.१६ प्रतिशतले उच्च शिक्षाका लागि अस्ट्रेलिया आएको बताएका छन् । उनीहरू प्रायः स्वास्थ्य सेवा, आईटी, आतिथ्य, इन्जिनियरिङ, वित्तीय तथा व्यावसायिक क्षेत्रमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।

आयतर्फ हेर्दा, ४५.२७ प्रतिशत सहभागीले वार्षिक ६५ हजारदेखि एक लाख २० हजार अस्ट्रेलियन डलरसम्म आम्दानी गर्ने बताएका छन् भने औसत वार्षिक आम्दानी ७७ हजार ३९ अस्ट्रेलियन डलर रहेको उल्लेख गरिएको छ ।

लगानीतर्फ, ३४.९९ प्रतिशतले औपचारिक रूपमा विभिन्न क्षेत्रमा लगानी गरेको बताएका छन् । तीमध्ये ५१.१८ प्रतिशतले अस्ट्रेलियामै मात्र लगानी गरेको जनाएका छन् भने २२.५७ प्रतिशतले नेपालमा मात्रै लगानी गरेको बताएका छन् ।

प्रतिवेदनले विदेशमा रहेका नेपालीहरूको आफ्ना परिवारसँगको सम्बन्ध अझै मजबुत रहेको पनि देखाएको छ । ५०.२७ प्रतिशत सहभागीले परिवार वा साथीभाइलाई भेट्न नेपाल आउने गरेका छन् । यस्तै, ३७.७४ प्रतिशतले दुईदेखि तीन वर्षमा एकपटक नेपाल आउने बताएका छन् भने १०.३८ प्रतिशत हरेक वर्ष नेपाल आउने गरेका छन् ।

सर्वेक्षणमा सहभागी ६१.७१ प्रतिशतले अस्ट्रेलियामै बसोबास गर्ने इच्छा व्यक्त गरेका छन् । साथै, ७३.०४ प्रतिशतले दोहोरो नागरिकताले नेपाली पहिचान र आत्मीयता बलियो बनाउने विश्वास व्यक्त गरेका छन् भने ६६.३९ प्रतिशतले यसले नेपालमा थप लगानी आकर्षित गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ४३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७