पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध « Khabarhub

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ ।

बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, ‘पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उनको भनाइ छ । 

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ । यहाँ विगत पाँच-सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पहिरो रोकथाम गर्न सङ्घीय सरकारको १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको हो । 

विसं २०८० मा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन । त्यस्तै, बेँसीसहर घलेगाउँ सडकसमेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस सडकअन्तर्गत बेँसीसहर-६ पुमा भीरमा पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । 
 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : २४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर