मेक्सिको विश्वकपको नकआउटमा « Khabarhub

मेक्सिको विश्वकपको नकआउटमा

कोरियालाई १–० ले हराउँदै मेक्सिको अन्तिम ३२ मा सुरक्षित


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

मेक्सिकोको जितमा दोस्रो हाफमा लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । घरेलु मैदान र दर्शकको उल्लेख्य साथ पाएको मेक्सिकोका लागि रोमोको उक्त प्रहार खेलको टर्निङ प्वाइन्ट साबित भयो ।

गोलपछि रोमो, उनको परिवार र रंगशालामा उपस्थित हजारौँ मेक्सिकन समर्थकले भव्य खुसीयाली मनाएका थिए ।

खेलभरि दक्षिण कोरियाले मेक्सिकोलाई कडा टक्कर दिए पनि गोल फर्काउन सकेन । खेलको अन्तिम समयतिर दक्षिण कोरियाले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि त्यो निकै ढिलो भइसकेको थियो र मेक्सिकोको रक्षापङ्क्ति तोड्न पर्याप्त रहेन ।

रेफ्रीको अन्तिम सिट्ठीसँगै लगातार दोस्रो जित निकाल्दै मेक्सिकोले समूह ‘ए’ बाट अघिल्लो चरणको टिकट पक्का गरेको हो । यो जितसँगै मेक्सिकोले आफू केवल आयोजकका रूपमा मात्र नभई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भएको प्रष्ट पारेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : ५६ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई