राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को यस संस्करणमा नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ ले वर्चश्व जमाएको छ । यो फिल्मले तीन विधा उत्कृष्ट चलिचत्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेतृको अवार्ड जितेको हो ।

उत्कृष्ट चलचित्र घोषित ‘ऊनको स्वीटर’बाट उत्कृष्ट अभिनेतृको अवार्ड मिरुना मगर र उत्कृष्ट निर्देशकको अवार्ड नवीने हात पारे ।

त्यस्तै, नीर शाहले फिल्म ‘परान’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यही फिल्मबाट यम थापा र दीपक आचार्यले उत्कृष्ट लेखकको अवार्ड पाएका छन् ।

शुक्रबार राष्ट्रपति भवनमा कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गरिएको हो ।

पुरस्कार विजेताको सूची

  • दीर्घ साधना सम्मान : मदन कृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता ( रु. तीन लाख ७५ हजार नगदसहित)
  • उत्कृष्ट चलचित्र : ऊनको स्वीटर
  • उत्कृष्ट निर्देशक : नवीन चौहान (ऊनको स्वीटर)
  • उत्कृष्ट अभिनेता : नीर शाह (परान)
  • उत्कृष्ट अभिनेतृ : मिरुना मगर (ऊनको स्वीटर)
  • उत्कृष्ट लेखक : दिपक प्रसाद आचार्य र यम थापा (परान)
  • उत्कृष्ट छायाङ्कन : बाबु श्रेष्ठ (कोशेढुंगा)
  • उत्कृष्ट सम्पादन : नहकुल खड्का (कोशेढुंगा)
  • उत्कृष्ट आदिवासी चलचित्र : इन्दिरा धिमे मैचा (नेपाल भाषा)
  • जुरी प्रोत्साहन : आना शर्मा (रमिताको पिरती)
  • बिमोचन दवाडी (झरीपछीको इन्द्रेणी)
  • विशेष चलचित्र पुरस्कार : नाक्छोङ (ज्योतिराज राई)

सम्मान

  • विष्णु गोपाल श्रेष्ठ : चलचित्र प्रदर्शक
  • मेनुका प्रधान : अभिनेतृ
  • डा. सिंह गुरुङ : निर्माता/प्रदर्शक
  • प्रकाश सुवेदी : पत्रकार
  • अभिनाश विक्रम शाह : निर्देशक
  • रोहित रुम्बा : अभिनेता
  • एञ्जिला सुब्बा : अभिनेतृ
  • लक्ष्मी बर्देवा : अभिनेतृ
  • बिनोद सेरचन : निर्माता
  • शङ्कर पाण्डे : प्रोडक्सन म्यानेजर
  • स्वर्गीय दिनेश सिटौला : पत्रकार (रु. ५० हजार नगदसहित)

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ५० बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी