ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ? « Khabarhub

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त समूह ‘सी’ मा नकआउट चरणको दौडलाई रोमाञ्चक बनाउने देखिएको छ।

नेपाली समयअनुसार शनिबार बिहान ६:१५ बजे फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा पाँचपटकको विश्व बिजेता ब्राजिल हाइटीसँग भिड्दैछ।

त्यसपहिले शनिबार नै बिहान ३:१५ बजे समूहको शीर्ष स्थानको स्कटल्यान्डले जिलेट स्टेडियममा मोरक्कोसँग प्रतिस्पर्धा गर्ने तालिका।

दोस्रो चरणका यी खेलहरूपछि नकआउट चरणतर्फको यात्राका लागि कसको पकड बलियो हुनेछ भन्ने तस्बिर प्रष्ट हुनेछ ।

ब्राजिल भर्सेस हाइटी

फ्रान्स, स्पेन र पोर्चुगलसँगै उपाधिको प्रमुख दाबेदार ब्राजिलले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको थियो।

भिनिसियस जुनियरको आकर्षक गोलले ब्राजिललाई हारबाट जोगायो। उक्त गोल नभएको भए प्रतियोगिताकै सबैभन्दा अपसेट नतिजा देखिन सक्थ्यो।

बराबरीपछि ब्राजिल समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ। हाइटीविरुद्ध पनि सकारात्मक नतिजा निकाल्न नसके अन्तिम खेलमा स्कटल्यान्डविरुद्धको खेलमा ठूलो दबाब पर्नेछ।

हाइटीविरुद्धको इतिहास ब्राजिलकै पक्षमा छ। दुवै टोली अहिलेसम्म तीनपटक आमनेसामने भएका छन् । यी तीनवटै खेल ब्राजिलले जितेको छ।

सन् २०१६ को कोपा अमेरिकामा ब्राजिलले हाइटीलाई ७–१ ले पराजित गरेको थियो। समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ।

मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सुरुआती रोजाइमा केही परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।

ड्यानिलो, एलेक्स सान्ड्रो, फाबिन्हो, लुइज हेनरिक र माथेउस कुन्हाले अवसर पाउन सक्नेछन्। नेयमारको फिटनेस समस्या अझै समाधान नहुँदा लगातार दोस्रो खेल गुमाउन अवस्थामा छन् ।

ब्राजिलको आक्रमणमा भिनिसियस जुनियर र राफिन्हाले ठाउँ लिनेछन् । ग्याब्रियल म्यागाल्हाएसले रक्षा पंक्तिको नेतृत्व गर्नेछन्।

ब्राजिलले यो खेललाई लय समात्ने र गोलअन्तर सुधार गर्ने अवसरका रूपमा हेरेको छ।

हाइटीका लागि विश्वकपमा सहभागिता नै ठूलो उपलब्धि हो। सन् १९७४ पछि विश्वकप खेलिरहेको टोलीले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध प्रशंसनीय प्रदर्शन गरेको थियो। यद्यपि टोली १–० ले पराजित भयो।

मुख्य प्रशिक्षक सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डलाई १ गोलमा सीमित राख्दै अनुशासित प्रदर्शन गरेको थियो। यही आत्मविश्वासका साथ हाइटी ब्राजिलविरुद्ध उत्रिनेछ। यद्यपि ब्राजिलको चुनौती स्कटल्यान्डको भन्दा कठिन छ।

यदि मोरोक्कोले स्कटल्यान्डलाई पराजित गरे हाइटीमाथि थप दबाब सिर्जना हुनेछ। त्यस्तो अवस्थामा ब्राजिलसँग हार व्यहोरे हाइटी प्रतियोगिताबाट बाहिरिन सक्छ।

तर प्रतियोगितामा लगातार अप्रत्याशित नतिजा आइरहेकाले हाइटीले अर्को आश्चर्यजनक प्रदर्शनको लक्ष्य राखेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : ५६ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४