प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत « Khabarhub

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ ।  

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त दुई विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । 

त्यसअघि विधेयकमाथिको सामान्य छलफलमा भाग दिँदै सांसदहरूले करका दर, लोककल्याणकारी कार्यक्रम लगायतका विषयमा चासो व्यक्त गरेका थिए । 

आर्थिक विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउन आवश्यक नरहेको बताए । उनले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने भएकाले अनावश्यक भ्रम नराख्न आग्रह गरे । 

उनले वार्षिक १० लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको भन्दै दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको स्पष्ट पारे । 

उनले क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकार हिम्मतका साथ अघि बढेको धारणा राखे । ठूलो जनादेश प्राप्त सरकारले बाहेक अन्य सरकारले ठूलो परिवर्तनका लागि जोखिम लिन नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ०५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र