वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु « Khabarhub

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख १ गतेदेखि आज असार ५ गतेसम्मको अवधिमा दुई हजार २११ वटा विपद्का घटनामा परेर १०५ जनाको मृत्यु भएको र ६०५ जना घाइते भएका जानकारी दिए ।

प्राधिकरणले आज सार्वजनिक गरेको अद्यावधिक विवरणमा उक्त अवधिमा तीन हजार ९२ घर प्रभावित भएको जनाइएको छ । प्राधिकरणले सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ । त्यसपछि आगलागीबाट १६ जना र सर्पदंश तथा चट्याङबाट १४–१४ जनाको मृत्यु भएको छ ।

यस्तै हुरीबतासबाट १३, जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । अन्यमा बाढी, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो र हिउँ पहिरोमा परेर मानिसले ज्यान गुमाएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन् । त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, चट्याङका १६०, जनावरको आक्रमणका ११४, पहिरोका १२७ र वन डढेलोका १७९ घटना भएका छन् ।

प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लमा ३१ वटा विपद्का घटना भएको र ती घटनामा परेर चार जना घाइते भएका जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ०७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर